फुटबल टोली मोरोक्को प्रस्थान
काठमाडाैं | साउन ५, २०८०
काठमाडौं: आईएसएफ वर्ल्स स्कुल फुटबल च्याम्पियनसिपमा सहभागी हुन १७ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली शुक्रबार मोरोक्को प्रस्थान गरेको छ।
प्रतियोगिता जुलाइ २२ देखि ३१ तारिखसम्म मोरोक्कोको राबाटमा हुनेछ।
खेलाडीमा सक्षम भट्टराई, देवराज जर्घा मगर, अधिराज कार्की, श्रेयश शर्मा, आर्गेन तुलाधर, जेसिस कार्की, पर्वत चौलागाईं, कर्तब्य तामाङ, कृष्णबहादुर आले, किशोरकुमार दनुवार, एकराज विश्वकर्मा, येशराज विश्वकर्मा, स्वर्णिम श्रेष्ठ, दिलन लिम्बू, अनिश थापा मगर, निशान राणा र स्वयं थापा मगर रहेका छन्।
रमेशबहादुर कटुवालको नेतृत्वमा जाने टोलीको व्यवस्थापकमा आशिषमान सिंह, प्रशिक्षकमा राजेश श्रेष्ठ र अफिसियलमा विवेक कटुवाल छन्।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे।
सो अवसरमा अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट महासंघका सदस्य समेत रहेका विद्यालय खेलकुद संघ नेपालका महासचिव राजकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

